फिल्म प्राविधिकका लागि दीपक-दीपा समुहको सहयोग



कोरोना भाइरस ‘कोभिड-१९’ले अहिले विश्वलाई घर भित्र थुनिदिएको छ । यो सरुवा रोगबाट बच्न नेपाल सरकारले जारी गरेको दुई साता लामो लकडाउनले जीवन अस्तव्यस्त बनेको छ ।

अझ भन्नु पर्दा ज्यालादारी र मजदुरी गरेर बिहान-बेलुकाको छाक टार्दै आइरहेका जनतालाई ‘भाइरसले होइन, भोकमरीले मार्छकी’ भन्ने डर बढेको छ । अहिले देशैभर कोहि पनि घरबाहिर निक्लन पाउँदैनन ।

यस्तै सिनेमा क्षेत्रमा पनि पर्दा पछाडी काम गर्ने प्राविधिकलाई बिहान-बेलुका के खाने भन्ने पिरले सताउन थालेको छ । लकडाउनले प्राविधिकको जीवन कष्टकर बन्न थालेपछि दीपा-दीपाको टिमले सहयोग घोषणा गरेको छ ।

निर्देशक दीपाश्री निरौला, निर्माता तथा कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे र जितु नेपालले प्राविधिकका लागि १ लाख १० हजार सहयोग घोषणा गरेका हुन् ।

दीपा-दीपकले प्राविधिकको सहयोगमा सबैलाई जुट्न आग्रह गरेका छन् । भने, चलचित्र प्राबिधिक संघका अध्यक्ष पुष्कर लामाले पनि विपन्न प्राविधिकको लागि सहयोग गर्न फिल्मकर्मीलाई अपिल गरेका छन् ।

केहि दिन अगाडी मात्रै अभिनेत्री वर्षा सिवाकोटीले पनि मजदुरका नाममा प्रधानमन्त्री राहत कोषमा व्यक्तिगत १ लाख सहयोग गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्