लकडाउनमा अमृतले बनाए शर्ट फिल्म ‘कालो बजार’



रंगखबर, काठमाडौँ – अभिनेता अमृत ढुंगानाले सामाजिक संदेशमुलक शर्ट फिल्म ‘कालो बजार’ सार्वजनिक गरेका छन् ।

उनले कोभिड-१९ रोग विरुद्दको लकडाउनमा बढिरहेको कालोबजारी विषयमा यो फिल्म तयार गरेका हुन् । अमृत स्वयम्को अभिनय, निर्देशन र सम्पादनमा तयार फिल्म बनाउनको लागि गृह मन्त्रालयले विशेष अनुमति प्रदान गरेको बताइएको छ ।

विशाल सापकोटाले खिचेको ‘कालोबजारी’मा अमृतसँगै सुरेश काफ्ले, सृष्टि शाही र गौरभ घिमिरेले अभिनय गरेका छन् । फिल्ममा बसन्त गिरीको लेखन र रोएश श्रेष्ठको साउण्ड सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्