अभिनेत्रीको फेक अश्लिल भिडियो बनाउने विरुद्द कलाकार संघको उजुरी



नेपाली अभिनेत्रीहरुको फेक अश्लिल भिडियो बनाएर सार्वजनिक गर्ने भारतीय विरुद्द नेपाल चलचित्र कलाकार संघले महानगरिय अपराध महाशाखा, टेकुमा उजुरी दिएको छ ।

मंगलबार संघका अध्यक्ष रविन्द्र खड्काले आवश्यक सामाग्रीसहित टेकुमा उजुरी दिएका हुन् ।

भारतले मिचेको नेपाली भुमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नेपाल सरकारले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि भारतीयहरु नेपाली अभिनेत्रीहरु चरित्रहत्या गर्न लागिपरेका छन् । अहिलेसम्म दुई अभिनेत्रीको भिडियो सार्वजनिक गरिसकेको ‘इण्डियन स्पाइडर स्क्वाड’ नामक गिरोहले १२ जना अभिनेत्रीको फेक अश्लिल भिडियो सार्वजनिक गर्ने धम्कि दिएको छ ।

नेपाल र भारतको सिमा विवाद चर्किएपछि भारतीय ह्याकरहरु नेपाली विरुद्द लागिपरेका छन् । उनिहरुले केहि सरकारी वेवसाइटसमेत ह्याक गरिसकेका छन् ।

‘इण्डियन स्पाइडर स्क्वाड’ नामक गिरोहले विवादित भूभाग भारतले फिर्ता पाउनुपर्ने माग गरेको छ ।

महानगरिय अपराध महाशाखाका प्रमूख एसएसपी दिपक थापाले कारबाही प्रक्रिया अगाडी बढेको बताए। ‘आज नै भिडियो अपलोड भएका साइटहरु बन्द गर्ने प्रक्रियामा जान्छौँ । कसले कसरी यस्तो काम गरिरहेको छ, यथाशिघ्र पत्ता लगाउने कोशिसमा हामी रहेका छौँ ।’ थापाले भने ।

यस्तै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले सीमा विवादको नाममा नेपाली चेलीको चरित्रहत्या स्विकार्य नभएको बताए । प्रहरीले छिटो भन्दा छिटो दोषी पहिचान गरी कारबाही गर्ने बिश्वास लिएको उनले बताए ।

धम्कि:-

प्रतिक्रिया दिनुहोस्