नेपाली अभिनेत्री निरिषा बस्नेतलाई कोरोना संक्रमण देखिएको छ । हाल मुम्बईमा रहेकी निरिषाले आफुमा कोरोना पोजेटिभ देखिएको खबर इन्स्टाग्राम अकाउन्टबाट साझेदारी गरेकी हुन् ।
गत वर्ष रिलिज भएको फिल्म ‘जानी नजानी’बाट नेपाली रजतपटमा पाइला चालेकी निरिषा बलिउड प्रवेशका लागि मुम्बईमा संघर्ष गरिरहेकी छन् ।
छाती दुख्न थालेपछि चेकअपका लागि अस्पताल पुग्दा पिसिआर रिपोर्ट पोजेटिभ आएको उनले बताएकी छन् । चिकित्सकको निगरानीमा रहेकी निरिषाले आफु छिट्टै कोरोना मुक्त भएर घर फर्किने विश्वास व्यक्त गरेकी छन् ।
निरिषाले नेपाली फिल्ममा अभिनय गर्नुपुर्व नै भारतीय टेलिसिरियल ‘चन्द्र नन्दिनी’मा राजकुमारी एलिसको भूमिका निर्वाह गरिसकेकी थिइन् ।
स्मरण रहोस यसअघि बलिउडमा स्वर्गीय वाजिद खान र गायिका कनिका कपूरमा पनि कोरोना संक्रमण देखिएको थियो । कनिका भने कोरोनालाई जितेर घर फर्किसकेकी छन् ।