रंगखबर, काठमाडौँ – अभिनेता नाजिर हुसेनले नेपालमा ‘हार्डकोर नेपोटिज्म’ नभएपनि यस विषयमा बहस हुनेपर्ने धारणा राखेका छन् । र, अहिले नेपाली फिल्म क्षेत्रमा ‘ग्रुपनिज्म’ले जडा गाडेको कुरा स्विकारछन् । उनि भन्छन, ‘ग्रुपनिज्म’ पनि ‘नेपोटिम्ज’कै उपज हो ।
उनि अगाडी लेख्छन ‘नेपालमा केहि यस्ता फिल्मकर्मी र व्यानरहरु छन्, जसको फिल्म घोषणा भैरहँदा को-को कलाकार हुनुहुन्छ सहजै अनुमान लगाउन सकिन्छ । यहि कारणले नेपाली फिल्मी जगतबाट होनहार कलाकारहरु पलायन भएका इतिहास छर्लंग छ ।’
नेपालमा पत्रकारले समेत कलाकारको विषयमा पक्षपात गर्ने उनले आरोप लगाएका छन् । ‘हाम्रै वरपर केहि यस्ता फिल्मी पोर्टल र युट्युब छन्, जसका लागि केहि कलाकार मात्र कलाकार हुन् । उहाँहरुलाई मन पर्ने र आफु नजिक भएका कलाकारहरुको सानो भन्दा सानो समाचार पनि प्रशारण/प्रकाशन गरिएको पाइन्छ । तर, कुनै पनि ‘ग्रुप’मा नपर्ने कलाकारको समाचारलाई महत्व दिइदैन ।’
के यो पक्षपात होइन र ? नयाँ मेकर र नयाँ व्यानरका फिल्मको बारेमा राम्रो भन्दा नराम्रो विश्लेषण जति हुन्छ, के त्यति नै नराम्रो विश्लेषण हामीले ठुलो र सुपरहिट मान्ने व्यानर र मेकरको हुन्छ त ?
हामीले एउटा निश्चित ‘ग्रुप’ बाहेकका अरु संघर्षशिल कलाकारहरुको कामको सम्मान गर्न किन पछाडी सरिरहेका छौँ ? सोच्ने बेला आएको छ ।
अभिनेता सुशान्त सिंह राजपुतको निधनमा बलिउडकर्मीको ‘नेपोटिज्म’को हात रहेको अनुमान भैरहँदा नेपालमा पनि यस विषयमा कलाकारहरु खुलेरै बोल्न थालेका छन् । यसअघि पनि अभिनेत्री वर्षा सिवाकोटी र नम्रता सापकोटाले ‘नेपोटिज्म’ र ‘ग्रुपनिज्म’को विरुद्दमा आवाज उठाइसकेका छन् ।
उनको पुरा स्टाटस:-