‘म फिल्मी ब्याकग्राउण्डबाट होइन, तर ‘नेपोटिज्म’को बहस नगरौँ – सुशील श्रेष्ठ



रंगखबर, काठमाडौँ – नेपाली फिल्म क्षेत्रमा ‘नेपोटिज्म’ र ‘ग्रुपनिज्म’को बहस सुरु भएको छ । यस विषयमा कलाकारहरु पक्ष र विपक्षमा आफ्नो धारणा व्यक्त गरिरहेका छन् ।

अभिनेता सुशील श्रेष्ठले भने नेपालमा अहिले नै ‘नेपोटिज्म’को बारेमा कुरा नगर्न आग्रह गरेका छन् । ‘हुनत म कुनै फिल्मी व्याकग्राउण्डबाट आएको होइन । तर, पनि हाम्रो सानो फिल्म क्षेत्रमा अहिले नै ‘नेपोटिज्म’को बहस सुरु गर्ने बेला भएको छैन’ उनि आशय पोख्छन ।

‘फिल्मी परिवारबाट आएका कलाकारहरु पनि कति चलेका छन्, कति चलेका छैनन् । जो चलेका छन्, सबै आफ्नो मेहनत र प्रतिभाले चलेका छन् । केहो आफ्नो ‘युनिक पोइन्ट’ले चलेका छन् । केहि अहिलेसम्म पनि मेहनत गर्दैछन् र अघि बढ्ने प्रयासमा छन् ।’

‘अर्को कुरा हामीले जहिले पनि आफ्नो ‘प्वाइन्ट अफ भ्यु’बाट मात्र सोच्छौँ । कहिले काही फिल्मी परिवारबाट आउने कलाकारहरुको ‘प्वाइन्ट अफ भ्यु’बाट पनि सोच्ने गरौँ । उनिहरुले पनि मेहनत र गरेकै हुन्छन । मेहनत नगर्नेहरुलाई त दर्शकले आफैले पन्छ्याइरहेका छन् । होइन र ?

सुशीलको पुरा स्टाटस:-

प्रतिक्रिया दिनुहोस्