चौथों ‘निफ’ घोषणा, यस्ता छन् यसपटकका विशेषता



नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ)को चौथों संस्करण घोषणा गरेको छ ।

चौथों संस्करण फागुन १२ देखि १६ (फेब्रुअरी २४-२८) सम्म राजधानीमा सम्पन्न हुने प्रतिष्ठानले बताएको छ । फेस्टिभलमा सहभागिताको लागि इच्छुकले जुलाई १ देखि नोभेम्बर ३० सम्म आवेदन दिन सक्नेछन् ।

‘विश्वका कथाहरुको कथ्य उत्वस’ भन्ने नारा बोकेको फेस्टिभलले कोरोना महामारी प्रभावमा बनेका फिल्मलाई ५ सय अमेरिकी डलरसहित ट्रफी प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्ट, डकुमेन्ट्री फिल्मले १५ अमेरिकी डलर, फिचर फिल्मले २० डलर र महामारी विषयमा बनेका फिल्मले १० डलर तिर्नुपर्ने मापदण्ड तोकिएको छ । स्वदेशी फिल्मको लागि भने कुनै शुल्क नलाग्ने बताइएको छ ।

फेस्टिभलका बिभिन्न विधामा विजेता बन्ने फिल्मले निम्न अनुसारको सम्मान गरिनेछ ।

कोभिड – १९ विषयक फिल्म: ५ सय अमेरिकी डलर र ट्रफी
सर्वोत्कृष्ट फिचर फिल्म (अन्तर्राष्ट्रिय प्रतिस्पर्धा): १५ सय डलर, गौतमबुद्ध अवार्ड र IFFS Don Quijote Award
सर्वोत्कृष्ट वृतचित्र: १ हजार डलर र माउन्ट एभरेष्ट अवार्ड
सर्वोत्कृष्ट एनिमेटेड फिल्म: ५ सय डलर र मञ्जुश्री अवार्ड
सर्वोत्कृष्ट लघु फिल्म: ५ सय डलर र बागमती अवार्ड
उत्कृष्ट फिचर फिल्म (नेपाली प्रतिस्पर्धा): १ लाख रुपैयाँ
उत्कृष्ट सर्ट फिल्म: ५० हजार नगद

यस्तै सर्ट फिल्मका निर्देशक र फिचर तर्फका निर्देशक, लेखक, छायाँकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ । यसपटक इच्छुक मेकरले (www.filmfreeway.com) मा फिल्म पठाउनु पर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्