रंगखबर, काठमाडौँ – फिल्म ‘मेरो आफ्नो’को रोमान्टिक भर्सन गीत रिलिज भएको छ । ‘यति खुसि दिउँला कि’ बोलको गीतमा केवलजंग कुँवर र सुजाता थापाको रोमान्स देख्न सकिन्छ ।
ताराप्रकाश लिम्बुले संगीत भरेको गीतमा प्रताप दास र अनु चौधरीले स्वर दिएका छन् । भने, रामजी लामिछानेले गीतको भिडियो कोरियोग्राफी गरेका छन् ।
राजु अधिकारीले निर्देशन गरेको फिल्मका लेखक तथा निर्माता मौनता श्रेष्ठ हुन् । फिल्ममा केवल र सुजाताका अलावा रिया श्रेष्ठको अभिनय छ ।
आरती अधिकारीको कथा रहेको फिल्ममा ताराप्रकाश लिम्बु/विकाश चौधरीको संगीत, पवन गौतमको छायांकन, हिमाल केसीको एक्सन र मन्दील श्रेष्ठको सम्पादन छ ।
रामकृष्ण बाजिमया कार्यकारी निर्मातामा रहेको फिल्ममा बसन्त शर्मा, धिरजकुमार श्रेष्ठ र निल बहादुर केसी निर्माता छन् । भने, विनादेवी श्रेष्ठ सह-निर्मात्री हुन् । फिल्मको रिलिज डेट भने तय भैसकेको छैन ।