चरित्रहत्या गरेको भन्दै साम्राज्ञी विरुद्द भुवनले दिए उजुरी



रंगखबर, काठमाडौँ – अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह विरुद्द नेपाल चलचित्र कलाकार संघमा उजुरी दिएका छन् । सामाजिक सञ्जालको माध्यमबाट साम्राज्ञीले फिल्म छायांकनका क्रममा भुवनले आफुलाई दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

बिभिन्न आरोपले आफ्नो चरित्रहत्या गरेको भन्दै भुवनले ‘छानविन गरिपाउँ’ भन्दै चलचित्र कलाकार संघमा उजुरी दिएका हुन् ।

‘केहि दिन यतादेखि सामाजिक सञ्जालमा अभिनेत्री साम्राज्ञीले म विरुद्द बिभिन्न आक्षेप, आरोपहरु लगाई मनगढन्ते र निराधार चरित्रहत्या हुने कुराहरु व्यक्त गरेको देखिएकोले सो सम्वन्धमा आवश्यक छानविन गर्नका लागि संघको आजीवन सदस्य भएकाले निवेदन गरेको छु ।’ भुवनले दिएको उजुरीमा लेखिएको छ ।

विज्ञप्तिमा अगाडी लेखिन्छ, ‘म विगत चार वर्षदेखि अभिनय, निर्देशन र निर्माणको काममा नियमित छु । यस विचमा धेरै चलचित्रकर्मीसँग मैले काम गरेँ । साम्राज्ञीलाई पनि मेरो चलचित्रको मुख्य भूमिकामा काम गराएको छु । आज भन्दा ५/६ वर्ष अगाडी निर्माण गरेको चलचित्र ‘ड्रिम्स’, उक्त चलचित्रमा मैले कुनै किसिमको दुर्व्यवहार गरेको छैन । यो कुरा त्यतिखेर काम गर्ने चलचित्रकर्मीलाई सोध्दा पनि थाहा हुन्छ ।’

भए नभएको कुरालाई सामाजिक सञ्जालमा राखी, युट्युब लगायतका बिभिन्न संचारमाध्यममा मेरो चरित्रहत्या गर्ने दुस्साहस मात्र होइन सम्पूर्ण चलचित्र क्षेत्रको नै बदनाम भएको अनुब हव गरि त्यस सम्बन्धमा छानविन गरि आम दर्शक र चलचित्र क्षेत्रलाई जानकारी गराईदिनु हुन् पनि निवेदन गर्दछु ।

साम्राज्ञीले भुवनका बारेमा सामाजिक संजालमा बिभिन्न आरोप लगाउने क्रम जारी रहेपछि भुवनले यसअघि नै चेतावनी स्वरुप त्यस्तो नगर्न सुचना दिएका थिए । यदि सुचनाका वावजुत पनि झुटा लान्छना लगाउने कार्य गरेमा कानुनी बाटो अपनाउने जानकारी गराएका थिए ।

भुवनको उजुरी:-

प्रतिक्रिया दिनुहोस्