बलिउडको बच्चन परिवारमा कोरोना छिर्यो, अमिताभ र अभिषेक संक्रमित



बलिउड महानायक अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनमा कोरोना संक्रमण देखिएको छ । कोभिड – १९ को रिपोर्ट पोजेटिभ आएपछि दुवैलाई मुम्बईस्थित नानावती अस्पतालमा भर्ना गरिएको छ ।

महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले अमिताभ र अभिषेक दुवैको स्थिति सामान्य रहेको जानकारी दिएका छन् । ‘अहिले चिन्ता मान्नु पर्दैन । अमिताभ बच्चनको स्वास्थ्य नर्मल छ । उहाँ निजी गाडीमा अस्पताल आउनु भएको छ ।’ उनले बताए ।

कोरोना पोजेटिभ देखिएपछि आमिताभले आफ्नो ट्वीटर अकाउन्टबाट यसबारे आफ्ना फ्यानलाई जानकारी दिएका थिए । यस्तै अभिषेकले पनि आफु र पितामा कोरोना पोजेटिभ पाइएको खबर ट्वीट गरेका थिए ।

यस्तै ऐश्वर्या राय बच्चन र जया बच्चनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ । पछिल्लो १० दिनमा अमिताभ र अभिषेकको सम्पर्कमा आएका अन्य व्यक्तिको पनि कोरोना टेस्ट गरिदैछ ।

प्रतिक्रिया दिनुहोस्