गायक देव तन्डुकारको नयाँ गीत ‘हल्ला भो’ सार्वजनिक



रंगखबर, काठमाडौँ – गायक देव तन्डुकारले नयाँ गीत ‘हल्ला भो’ सार्वजनिक गरेका छन् । गीतमा जितेन लेप्चाको शब्द तथा संगीत छ । भने, फणिन्द्र राईको संगीत संयोजन रहेको छ।

प्रेममा रहेको एक जोडीको प्रेम प्रसंग गाउँभरि फैलिएको कुरालाई रमाइलो ढंगबाट प्रस्तुत गरिएको छ । रुशील अमात्यले निर्देशन गरेको गीतको भिडियोमा भिमसेन खतिवडा, लक्षुमन चौलागाईं, मन महर्जन, गंगा चौहान, निशा श्रेष्ठ, सबिन जमकट्टेल, मनोहर बस्नेत, साल्भिक सुर्खेतीलगायतले अभिनय गरेका छन् ।

बासु बरालले छायांकन गरेको म्युजिक भिडियोको सम्पादन शिलन लम्सालले गरेका हुन् । यसअघि पनि थुप्रै गीत सार्वजनिक गरिसकेका गायक तन्डुकारले अब गायनमा निरन्तरता दिने बताए ।

प्रतिक्रिया दिनुहोस्