गीतकार अम्बिकाको ‘कति माया’मा नाजिर र सुशिलाको रोमान्स ~ भिडियो ~



रंगखबर, काठमाडौँ – वरिष्ठ गीतकार अम्बिका गुरुङको नयाँ गीत ‘कति माया’ सार्वजनिक भएको छ । गीतमा बसन्त सापकोटाको संगीत र सुमन केसी/प्रविशा अधिकारीको स्वर छ ।

शान थापाले निर्देशन गरेको गीतको भिडियोमा नाजिर हुसेन र सुशिला थापाले अभिनय गरेका छन् । बुद्ध थापाले छायांकन गरेको म्युजिक भिडियो सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् ।

पछिल्लो समय अम्बिका चल्तीको गीतकारमा पर्छिन् । उनका संगीत, साहित्य र बाल मनोविज्ञानमा चलाएका कलमले उनको पहिचान बनाउदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्