लकडाउनमा प्रेमीलाई आर्थिक सहयोग गर्ने प्रेमिकाको कथामा फिल्म ‘लकडाउन’ ~ भिडियो ~



संचारकर्मी रामजी ज्ञवालीले आफ्नै लेखन र निर्देशनमा तयार सर्ट फिल्म ‘लकडाउन’ सार्वजनिक गरेका छन् ।

लकडाउनको बेलामा प्रेमिकाले प्रेमीलाई गरिने आर्थिक सहयोगको कथा फिल्मले उठाएको छ । फिल्ममा अभिवीन्द खनियाँ, वर्षा भण्डारी, अनिकेथ अधिकारी, प्रख्यात घिमिरेलगायतले अभिनय गरेका छन् ।

द सेलिब्रेटी टाइम्सको व्यानरमा निर्मित फिल्मको छायांकन र सम्पादन नीमा शेर्पाले गरेका हुन् । निर्देशक ज्ञवालीले समसामयिक विषयको यो फिल्म दर्शकले रुचाउने विश्वास लिएका छन् ।

लामो समयदेखि संचारकर्मीको रुपमा काम गरिरहेका ज्ञवालीले अब सर्ट फिल्म र म्युजिक भिडियो निर्देशकको कामलाई निरन्तरता दिने बताए ।

प्रतिक्रिया दिनुहोस्