अभिनेत्रीको रहस्यमय मृत्यु, हराएको ६ दिनमा भेटियो शव



म्युजिकल कमेडी शो ‘ग्ली’ फेम्ड अमेरिकी अभिनेत्री तथा गायिका नाया रिवेराको रहस्यमय निधन भएको छ । ६ दिनदेखि बेपत्ता रिवेराको शव साउथ क्यालिफोर्नियास्थित पीरु पहाडमा भटिएको हो ।

३३ वर्षिया रिवेरा ६ दिनदेखि बेपत्ता थिइन् । जहाँ उनको शव भटिएको थियो, त्यहाँ ८ जुलाईमा उनको चार वर्षको छोरा जोसे एक्लै डुंगामा खेल्दै गरेको अवस्थामा फेला परेका थिए ।

४ वर्षको उमेरमै सिबिएस च्यानलबाट प्रशारण हुने ‘रोयल फ्यामिली शो’बाट आफ्नो अभिनय यात्रा सुरु गरेकी रिवेराले २००९ मा फक्स च्यानलबाट प्रशारण हुने शो ‘ग्ली’मा एक लेस्बियनको भूमिका निर्वाह गरेकी थिइन् । २०१५ सम्म प्रशारण भएको यहि शोले रिवेरालाई लोकप्रिय बनाएको थियो ।

रिवेराले २०१४ मा हरर फिल्म  ‘एट द डेभिल्स डोर’मा अभिनय गरेकी थिइन् । २०१४ मै उनले कलाकार र्यान डोर्सीसँग विवाह गरेकी थिइन् । तर, उनको वैवाहिक जीवन २०१८ सम्म मात्र टिक्यो । रिवेरा र र्यानबाट ‘जोसे’ जन्मिएका थिए ।

प्रतिक्रिया दिनुहोस्