उत्कृष्ट लेखलाई चलचित्र पत्रकार संघले गर्यो पुरस्कृत



‘कोरोना भाइरसले नेपाली फिल्म क्षेत्रमा पारेको प्रभाव, उत्पन्न समस्या र त्यसको समाधानसहितको सोध-खोज र वस्तुगत तथ्याङ्कमा आधारित प्रतिवेदन, लेख-रचना तथा धारणा’ प्रतियोगिताका उत्कृष्ट लेखलाई चलचित्र पत्रकार संघ, नेपालले पुरस्कृत गरेको छ ।

शनिबार संघको केन्द्रिय कार्यालय अनामनगरमा प्रथम हुने पत्रकार ध्रुव लम्सालसहित क्रमश: दोस्रो, तेस्रो र चौथों स्थान हाँसिल गर्ने विष्णु शर्मा, मनोज न्यौपाने र रीना मोक्तानलाई प्रमाणपत्रसहित १५ हजार, १० हजार र ५/५ हजार नगद प्रदान गरिएको हो ।

यस्तै लेख-रचना समितिका सदस्यहरु विदुर गिरी, शान्तिप्रिय, दीपेन्द्र लामा, जीवनकुमार पराजुली र समीर बलामीलाई संघले धन्यवादसहित प्रमाणपत्र प्रदान गरेको थियो ।

कार्यक्रममा संघका अध्यक्ष दिनेश सिटौलाले सहभागी र छनोट समितिलाई धन्यवाद व्यक्त गर्दै, आगामी दिनमा सम्पूर्ण सदस्यहरुको क्षमता अभिवृद्धिका लागि भिडियो र फोटो पत्रकारितालाई लक्षित गरेर सोही प्रकृतिका कार्यक्रमहरु पनि आयोजना गरिने प्रतिबद्धता व्यक्त गरे । उनले संघ सधैं सदस्यहरुको हकहितका लागि लड्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्