सलमानको ‘राधे’ अर्को वर्ष रिलिज हुने



अभिनेता सलमान खानको फिल्म ‘राधे: योर मोस्ट वान्टेड भाई’ यस वर्ष रिलिज नहुने भएको छ । कोरोना महामारीका कारण फिल्म यस वर्ष रिलिज नहुने भएको हो ।

फिल्मको १० प्रतिशत छायांकन बाँकी छ । भारतमा दिनहु बढिरहेको संक्रमितको संख्यालाई मध्येनजर गर्दै तत्कालका लागि फिल्मको बाँकी छायांकन पुरा नहुने भएको हो । आउटडोर सुटिङमा मनसुनले असर गर्ने र इनडोर सुटिङ गर्दा क्रुलाई कोरोनाको जोखिम बढ्ने भन्दै सलमानले तत्काललाई फिल्म नखिच्ने निर्णय लिएका हुन् ।

यस वर्षको इदमा रिलिज हुने भनिएको फिल्म अब २०२१ मा रिलिज हुने बताइएको छ । फिल्ममा सलमानसँगै दिशा पटानी, रणदीप हुड्डा, ज्याकी श्रोफलगायतका कलाकारको अभिनय छ ।

प्रभुदेवाले निर्देशन गरिरहेको फिल्ममा सोहिल खान, अतुल अग्निहोत्री र सलमान स्वयम्को लगानी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्