कोरोना मुक्त भएर घर फर्किए ऐश्वर्या र आराध्या



गत १२ जुलाईमा कोरोना संक्रमित भएका अभिनेत्री ऐश्वर्या राय बच्चन र छोरी आराध्या बच्चन अस्पतालबाट डिस्चार्ज भएका छन् । १५ दिनको उपचारपछि उनिहरु कोरोना मुक्त भएका हुन् ।

पत्नी र छोरी कोरोना मुक्त भएपछी अभिनेता अभिषेक बच्चनले ट्वीटर मार्फत आफ्ना शुभचिन्तकहरुलाई प्रार्थनाको लागि धन्यवाद दिएका छन् । उनि लेख्छन ‘तपाईहरु सबैलाई लगातार गर्नु भएको प्रार्थना र शुभकामनाको लागि धन्यवाद । ऐश्वर्या र आराध्या कोरोना नेगेटिभ भईसकेका छन् र अस्पतालले डिस्चार्ज गरिदिएको छ । अब उनिहरु घरमै रहनेछन । बुबा र म भने अस्पताल स्टाफको निगरानीमा रहनेछौँ ।’

 

कोरोना संक्रमण भएपछि ऐश्वर्या र आराध्यालाई पाँच दिनसम्म होम क्वारेन्टाइन मै राखिएको थियो । त्यसपछि दुवैलाई अभिनेता अमिताभ बच्चन र अभिषेकलाई उपचार गरिरहेको नानावटी अस्पतालमा भर्ना गरिएको थियो ।

११ जुलाईमा अमिताभ र अभिषेकलाई कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले दुवैको उपचार चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्