दीपेन्द्र र शर्मिला मिलेर फिल्म ‘लकडाउन’ र ‘चिसो मान्छे’ बनाउने



रंगखबर, काठमाडौँ – निर्देशक दीपेन्द्र के खनालले दुई नयाँ फिल्म घोषणा गरेका छन् । विहिबार आफैले निर्देशन गर्ने गरि  ‘लकडाउन’ र ‘चिसो मान्छे’ नाम चलचित्र विकास बोर्डमा दर्ता पनि गराएका छन् ।

लकडाउन खुलेसँगै छायांकनमा जाने दुवै सिनेमा सामाजिक कथाबस्तुमा निर्माण हुनेछन । दुवै सिनेमामा निर्मात्री शर्मिला पाण्डेले लगानी गर्नेछिन् ।

यी दुईको सहकार्यमा पछिल्लो रिलिज ‘आमा’ बक्सअफिसमा सफल भएको थियो । उसो त फिल्म ‘लभ लभ लभ’बाट सहकार्य अगाडी बढाएका निर्देशक खनाल र निर्मात्री पाण्डेले ‘चंगाचेट’ र ‘घर’ पनि निर्माण गरेका थिए ।

यी दुवै फिल्म डिएस डिजिटलको व्यानरमा निर्माण हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्