बल्ल-बल्ल भेट हुँदा रोमान्टिक भए दयाहाङ र निरञ्जली ~ भिडियो ~



रंगखबर, काठमाडौँ – लकडाउनले नेपाली फिल्मको कामकाज ठप्प छ । तर, म्युजिक भिडियोको काम भने धमाधम भैरहेको छ ।

फिल्म छायांकन नहुँदा फुर्सदमा रहेका ठुला स्टार कलाकारहरु पनि म्युजिक भिडियोमा देखिन थालेका छन् । पछिल्लो रिलिज म्युजिक भिडियो अभिनेता दयाहाङ राईको छ ।

कुनै समय लगालग फिल्म निर्देशन गरिरहने मिलन चाम्सले निर्देशन गरेको म्युजिक भिडियोमा दयाहाङसँग निरञ्जली लामा जोडी बाँधेकी छन् । गीतमा क्षितिज सुवेदी पनि फिचर्ड छन् ।

दीपक शर्माको शब्द र संगीतमा तयार गीतमा दीपा लामा र तेम्बा शेर्पाले स्वर दिएका छन् । गीतको कोरियोग्राफी भने कविराज गहतराजले गरेका हुन् ।

सुदिप बरालले खिचेको म्युजिक भिडियो सम्पादन धुर्वराज पराजुलीले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्