सहिमाको तीज गीतमा दिल खोलेर नाचिन नीता ~ भिडियो ~



रंगखबर, काठमाडौँ – गायिका सहिमा श्रेष्ठले तीज गीत ‘दिल खोलेर नाचिन्छ’ सार्वजनिक गरेकी छन् । ‘अर्को साल के होला ? यहि साल गरौँ रमाइलो’ भन्ने भावमा तयार गीतमा अभिनेत्री नीता ढुंगानाले कम्मर मर्काएकी छन् ।

कोशिस क्षेत्रीले संगीत भरेको गीतमा रेखा पन्तको शब्द रचना छ । गीतको कोरियोग्रपाही गोविन्द राईले गरेका छन् ।

समुन्द्र भट्टको कन्सेप्टमा तयार तीज गीतमा नवराज उप्रेतीको छायांकन, मित्र डि गुरुङको सम्पादन र सीमा गुरुङको शृंगार छ ।

प्रतिक्रिया दिनुहोस्