मानसिंहको ‘आँसु बरर’मा रीनादेखि नन्दुसम्मको ठुम्का ~ भिडियो ~



रंगखबर, काठमाडौँ – गायक मानसिंह खड्काले नयाँ तीज गीत ‘आँसु बरर’ सार्वजनिक गरेका छन् । मानसिंहसँगै दिलमाया विश्वकर्माको आवाज रहेको गीतमा टिका सानुको शब्द रचना छ ।

दिलमाया विश्वकर्मा कै संगीत रहेको गीतमा चेलीका दुख र बेदनाहरु समेटिएको छ ।

मानसिंह खड्काले निर्देशन गरेको गीतको भिडियोमा रीना थापा मगर, चित्र मगर, सम्प्रिय खड्का, नन्दु रोका, रामशरण राणा, सरद एलजी, सन्ध्या सिर्पाली, निकेश श्रेष्ठ, भगवती शाहीलगायत फिचर्ड छन् ।

सागर गौतमले खिचेको गीतमा राजकुमार मगरको सम्पादन र रंग संयोजन छ ।

प्रतिक्रिया दिनुहोस्