त्रिसाको ‘मेरी परी’मा अकेशा



रंगखबर, काठमाडौँ : चर्चित गीतकार अम्बिका गुरुङको शब्दमा ‘मेरी परी’ बोलको गीत सार्वजनिक भएको छ। यशु थापामगरको स्वर तथा राजन कार्कीको संगीत रहेको उक्त गीतमा अकेशा पोखरेल तथा उनकै पिता रबिन पोखरेलको अभिनय छ।

गीत हेर्नुस :

बिहान बेलुका मेहनत गर्ने पिता र छोरी कथा बोकेको उक्त गीतको भिडियो मर्मस्पर्शी  बनेको छ। संचारकर्मी त्रिसा केसीको निर्देशनमा बनेको ‘मेरी परि’लाई  हिमाल शर्मा तथा शिखर मल्ल ठकुरीले खिचेका हुन्। गीतलाई सुन्दर बनाउन कलरिस्ट जीवन थापाले रंग भरेका छन् भने,भिडियोको सम्पादन श्री कृष्ण श्रेष्ठको छ।

गीतलाई भावसागर क्रियशनको अ’धिकारिक युटुब च्यानल मार्फत हेर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्