‘डक्टर डेनिम’को फिल्ममा साम्राज्ञी र आना पनि अनुबन्धित



रंगखबर, काठमाडौँ – क्लोथिङ ब्राण्ड ‘डक्टर डेनिम’ले निर्माण गर्ने अनटाइटल फिल्ममा अभिनेत्रीद्वय साम्राज्ञी राज्यलक्ष्मी शाह र आना शर्मा अनुबन्धित भएका छन् ।

विहिबार दुवै जनालाई निर्माण टिमले फिल्मका लागि सम्झौता गरेको हो । यो फिल्ममा यसअघि नै लिडमा अभिनेता मनिष राउत फाइनल भैसकेका थिए ।

फिल्मको निर्देशन प्रवेश पौडेलले गर्नेछन् । उनले यसअघि ‘अमेरिका ब्वाइज’ नामक फिल्म निर्देशन गरेका थिए । तर, बक्सअफिसमा फिल्म फ्लप भएको थियो ।

फिल्मको लाही अझै एक-एक जना महिला र पुरुष कलाकार आवश्यक रहेको बताइएको छ । नयाँ कलाकार भने अडिसन मार्फत तय हुनेछन ।

छत्र जंग पाण्डे र अनुप पौडेल निर्माता रहने फिल्म कोरोना महामारीपछि सहज वातावरणमा छायांकन हुनेछ । फिल्मका सह-निर्मातामा करण साउद छन् ।

प्रतिक्रिया दिनुहोस्