तस्विरमा चलचित्र पत्रकार संघ, नेपालको रक्तदान



रंगखबर, काठमाडौँ – बाढी-पहिरोमा परेर घाइते भएकाहरुका लागि चलचित्र पत्रकार संघ, नेपालले रक्तदान गरेको छ । संघले शनिबार सामाजिक दुरी र सुरक्षाका साधन अपनाएर गरेको रक्तदानमा ४१ प्वाइन्ट रगत संकलन भएको महासचिव समीर बलामीले बताए ।

लगभग सय जनाको उपस्थितिमा सम्पन्न रक्तदानमा चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल अतिथिको रुपमा उपस्थित थिए । कोरोना महामारी कालमा पनि सामाजिक दुरी कायम गरेर संघले गरेको रक्तदान कार्यक्रमले राम्रो संदेश दिने उनले बताए ।

कार्यक्रममा निर्देशक सम्झना उप्रेती रौनियार, वरिष्ठ फोटोग्राफर विकास रौनियारलगायत संघका कार्यसमितिले पनि रक्तदान गरेका थिए ।

अध्यक्ष दिनेश सिटौलाले कोरोना महामारीका बीचमा पनि राम्रो उपस्थितिका साथ रक्तदान सम्पन्न भएको जानकारी दिए । ‘अहिले देशलाई कोरोनासँगै बाढी-पहिरोले आक्रान्त पारिरहेको छ । सम्पूर्ण नेपाललाई खुलेर काम गर्न असहज भैरहेको छ । त्यैपनि ‘रक्तदान नै जीवनदान हो’ भन्ने सोचले संघले आयोजना गरेको रक्तदानमा उपस्थितिको लागि सम्पूर्णमा धन्यवाद । यसलाई समय सापेक्ष राम्रो सहभागिता मान्न सकिन्छ । सामाजिक दुरी कायम गरौँ । कोरोनाबाट बचौँ र बचाउँ ।’

संघले आगामी दिनमा पनि यस्तै किसिमको सामाजिक हित हुने कार्यक्रमहरु तर्जुमा गर्दै जाने अध्यक्ष सिटौलाले बताए ।

तस्विर: विशाल राई हसिन

प्रतिक्रिया दिनुहोस्