मदनकृष्ण र हरिवंशलाई ‘चैत्यदेवी सिंह पुरस्कार’द्वारा सम्मान



‘भुवन चैत्य बसुन्धरा’ फाउन्डेसनले यस वर्षको ‘चैत्यदेवी सिंह पुरस्कार’ हास्य सम्राट महजोडीलाई प्रदान गरेको छ । मंगलबार राजधानीमा एक सामान्य कार्यक्रमका बीच महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ५१ हजार राशीको सम्मान गरिएको हो ।

फाउन्डेसनकी अध्यक्ष बसुन्धरा भुषालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले रुद्राक्षको माला र भुवन चन्द/हरिश चन्द दोसल्ला ओढाएर महजोडीलाई सम्मान अर्पण गरेका थिए । लामो समयदेखि अनवरत रुपमा कला क्षेत्रमा पुर्याएको योगदान स्वरुप महलाई यो सम्मान दिइएको हो ।

कोरोना महामारीका कारण सानो जमघटमै सुरक्षाका उपाय अपनाएर गरिएको कार्यक्रममा केहि फिल्मकर्मी र पत्रकारको उपस्थिति थियो ।

केहि दिन अगाडी मात्रै फाउन्डेसनले रंगकर्मी तथा चरित्र अभिनेत्री शुकुन्तला शर्मालाई ‘चेतनारायण बसुन्धरा भुषाल पुरस्कार’बाट र रंगकर्मी तथा नृत्य निर्देशक भैरवबहादुर थापालाई ‘हरिश भुवन चन्द पुरस्कार’बाट सम्मान गरिएको थियो ।

यस्तै फाउन्डेसनले गत साल स्थापना वर्षको चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याण कोषलाई १ लाख ५३ हजार रुपैयाँ प्रदान गरेको थियो ।

तस्विर: प्रकाश ढकाल

प्रतिक्रिया दिनुहोस्