संजयलाई देखियो क्यान्सर, ‘थर्ड स्टेज’मा पुगेकाले समस्या !



रंगखबर, काठमाडौँ – बलिउड अभिनेता संजय दत्तलाई क्यान्सर भएको छ । केहि दिन अगाडी स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका संजयको मंगलबार आएको रिपोर्टमा क्यान्सर पुष्टि भएको हो ।

उनको क्यान्सर ‘थर्ड स्टेज’मा पुगेको छ । उनि उपचारको लागि अब अमेरिका जान सक्छन । क्यान्सर पुष्टि भएपछि संजयले केहि समय फिल्मबाट विश्राम लिने बताएका छन् ।

मंगलबार संजय अभिनित फिल्म ‘सडक २’को ट्रेलर रिलिज गरिने बताइएको थियो । तर, उनको खराब स्वास्थ्यका कारण बुधबार मात्रै ट्रेलर रिलिज गर्न सम्भव भएको छ ।

स्मरण रहोस यसै वर्ष बलिउडका दुई दिग्गज कलाकार ऋषी कपूर र इरफान खानको क्यान्सरका कारण निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्