किन विश्वकै सर्वाधिक डिसलाइक पाउने ट्रेलर बन्यो ‘सडक २’ ?



रंगखबर, काठमाडौँ – ‘सडक २’को ट्रेलर युट्युबमा विश्वकै सर्वाधिक डिसलाइक पाउने ट्रेलर बनेको छ । फक्सस्टार युट्युब च्यानलबाट रिलिज भएको ट्रेलरले यो सामाग्री तयार पर्दासम्म ७० लाख डिसलाइक पाएको छ ।

डिसलाइक पाउनुको कारण ट्रेलर नराम्रो भएर होइन । सुशान्त सिंह राजपुतको आत्महत्यापछि बलिउडमा ‘नेपोटिज्म’को मुद्धाले सर्वाधिक चर्चा पायो । यो मुद्धामा विशेष गरि निर्देशक महेश भट्ट र छोरी आलिया भट्ट नराम्रोसँग मुछिए । हुनत समिक्षकले ट्रेलरलाई पनि खासै राम्रो भनेका छैनन् ।

दर्शकले बलिउडकर्मीका नातेदारहरुको फिल्म बहिस्कार गर्ने ट्रेण्ड नै चलाए । त्यसैको परिणाम स्वरुप ‘सडक २’को ट्रेलरमा ९० प्रतिशत भन्दा बढी डिसलाइक आएको हो । ट्रेलरको कमेन्ट बक्समा पनि कथाबस्तु र प्रस्तुतिलाई लिएर खासै प्रतिक्रिया आएका छैनन् । कमेन्ट बक्समा ट्रेलरलाई बहिस्कार गर्ने भन्ने खालका प्रतिक्रिया मात्र पोस्टिएका छन् ।

समग्रमा युट्युबमा सर्वाधिक डिसलाइक पाउने भिडियोको सुचीमा यो ट्रेलर तेस्रो नम्बरमा उक्लिएको छ । युट्युबमा सबैभन्दा धेरै डिसलाइक पाउने भिडियो भने ‘युट्युब रिवाइन्ड २०१८’ हो यसले १ करोड ८० लाख बढी डिसलाइक पाएको छ । यस्तै गायन जस्टिन बिबरको ‘बेबी’ गीत सर्वाधिक डिसलाइक पाउने दोस्रो भिडियो । यो भिडियोमा १ करोड १० लाख बढी डिसलाइक आएको छ ।

महेश भट्ट निर्देशित ‘सडक २’मा संजय दत्त, अलिया भट्ट, आदित्य रोय कपूर, पूजा भट्टको मुख्य भूमिका छ । फिल्म २८ अगस्तमा डिज्नी प्लस हटस्टारबाट रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्