‘साँझ’मा सृष्टि र निराजनको रोमान्स ~ भिडियो ~



रंगखबर, काठमाडौँ – कोरोना महामारीले बन्द गराएको हल नखुल्दासम्म फिल्म क्षेत्र पनि ठप्प नै रहनेछ । तर, लकडाउन खुकुलो भएपछी म्युजिक भिडियोका काम भने धमाधम भैरहेका छन् । लकडाउनमा फुर्सदमा बसेका स्टार कलाकारहरु पनि म्युजिक भिडियोमा व्यस्त हुन् थालेका छन् ।

दयाहाङ राई, प्रदीप खड्का खड्का जस्ता कलाकारहरु पनि म्युजिक भिडियोमा देखिसकेका छन् । यसै बीच अभिनेत्री सृष्टि श्रेष्ठको पनि नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘साँझ’ बोलको गीतमा उनले मोडल निराजन प्रधानसँग जोडी बाँधेकी छन् । लकडाउन अगाडी भने सृष्टिले अभिनेता सौगात मल्लसँग फिल्म ‘तीन जन्तु’मा काम गरिरहेकी थिइन् । अहिले भने उक्त फिल्मको छायांकन रोकिएको छ ।

‘साँझ’ बोलको गीतमा दिनेश शंकरको शब्द, संगीत र स्वर छ । गीतको भिडियो निर्देशन विवेक रसाइलीले गरेका छन् । भिडियोमा सानो मिस ‘अन्डरस्ट्यान्डिङ’ले छुट्टिन लागेको जोडीलाई मायाले नै फर्काएको कथा पेश गरिएको छ ।

उज्वल जोशीको सम्पादन र छायांकन रहेको गीतको भिडियोमा नोभिया शंकरले लगानी गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्