‘नेपोटिज्म’ मुद्धामा नसीरुद्दीनको प्रश्न, ‘हामीले किन दुनियाँको सामू आफ्नो कट्टु धोईरहेका छौँ ?’



रंगखबर, काठमाडौँ – अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यापछि बलिउडमा ‘नेपोटिम्ज’को मुद्धा चर्किएको छ । विशेष गरि अभिनेत्री कंगना रनाउत ‘नेपोटिज्म’ मुद्धामा ज्यान फालेरै लागिरहेकी छन् ।

उनलाई बलिउडकर्मीको पर्याप्त साथ नभएपनि दर्शकले भने भरपुर साथ दिइरहेका छन् । त्यसको पछिल्लो उदाहरण ‘सडक २’को ट्रेलर र गीतमा आएको करोडौँ डिसलाइकलाई मान्न सकिन्छ ।

यसी बीच ‘नेपोटिज्म’को विषयमा अभिनेता नसीरुद्दीन शाहले मुख खोलेका छन् । उनले यो बहसलाई बचपना हर्कत भनेका छन् ।

अहिले बलिउडमा ‘नेपोटिज्म’को मुद्धा चर्किएको छ । यो मुद्धाको कहिलेसम्म सकिएला ? भन्ने प्रश्नमा नसीरुद्दीनले भनेका छन्, ‘यसको त केवल आशा मात्र गर्न सक्छौँ । तर, यो बहसको स्तर एकदमै बच्चाको खेल जस्तो भएको छ । हामीले किन आफ्नो कट्टु सबैको सामू धोइरहेका छौँ ?’ उनि प्रतिप्रश्न गर्छन ।

‘सुशान्तको निधनपछि बलिउडमा ‘नेपोटिज्म’ र ‘आउटसाइडर्स’लाई लिएर बहस भैरहेको छ । कंगनाले जो पनि स्टारकिडलाई निशाना बनाइरहेकी छन् । यहाँसम्म कि उनले तापसी पन्नु र स्वरा भास्करलाई ‘बी ग्रेड’ पनि भनिछन । यदि हामीले पनि असन्तुष्टि व्यक्त गर्न थाल्यौँ भने, यो उद्योग संसारकै सबैभन्दा खराब ठाउँको रुपमा चिनिनेछ ।’ उनि आफ्नो तर्क राख्छन ।

प्रतिक्रिया दिनुहोस्