‘आदिपुरुष’मा प्रभासको भिलेन सैफ



‘बाहुबली’ सिरिज फेम्ड अभिनेता प्रभासको नयाँ फिल्म ‘आदिपुरुष’मा अभिनेता सैफ अलि खान पनि फाइनल भएका छन् ।

फिल्ममा उनले भिलेन ‘लंकेश’को भूमिका निर्वाह गर्ने निर्माण पक्षले जानकारी दिएको छ । जो राक्षस रावणसँग सम्वन्धित छ ।  उनको भूमिकालाई निर्माण पक्षले ‘७ हजार वर्ष पहिलेको बुद्धिमान दानव’को रुपमा व्याख्या गरेको छ ।

फिल्म ‘आदिपुरुष’लाई ओम राउतले निर्देशन गर्दैछन् । निर्देशक राउतको यसै वर्ष रिलिज ब्लकबस्टर फिल्म ‘तान्हाजी’मा पनि सैफ खलपात्र ‘उदयभान सिंह राठोर’ भूमिकामा प्रस्तुत भएका थिए । जहाँ उनले अभिनयको तारिफ पनि बटुल्न सफल भए ।

‘आदिपुरुष’मा प्रभासले मुख्य निर्वाह गर्दैछन । फिल्मको लागि मुख्य अभिनेत्री भने फाइनल भइसकेकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्