‘भूत पुलिस’मा ज्याक्लिन र यमी फाइनल



अभिनेताद्वय सैफ अलि खान र अर्जुन कपूरले मुख्य भूमिका निर्वाह गर्ने हरर कमेडी फिल्म ‘भूत पुलिस’मा दुई अभिनेत्री फाइनल भएका छन् ।

फिल्ममा ज्याक्लिन फर्नान्डेज र यमी गौतम मुख्य भूमिकाको लागि तय भएका हुन् । तर, दुवैले कुन अभिनेतासँग जोडी बाँध्ने भन्नेबारे खुलासा गरिएको छैन ।

यो फिल्मको निर्देशन पवन किर्पलानीले गर्नेछन् । उनले यसअघि ‘रागिनी एमएमएस’, ‘फोबिया’ र ‘डर’ जस्ता फिल्मको लेखन तथा निर्देशन गरिसकेका छन् ।

रमेश तौरानी र अक्शाई पुरीले निर्माण गर्ने फिल्मलाई हिमाचल प्रदेशको धरमशाला, दलहाउसिज, पालमपुरमा खिचिनेछ ।

प्रतिक्रिया दिनुहोस्