आकाश र सलोनको ‘हिड्दा हिड्दै’बाट रेखाको डेब्यु



अभिनेताद्वय आकाश श्रेष्ठ र सलोन बस्नेतको मुख्य भूमिका रहने फिल्म ‘हिड्दा हिड्दै’को घोषणा गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको घोषणा गरियो ।

युवापुस्ताको प्रेम, विछोड र पिडा कथामा बन्ने फिल्मबाट नव अभिनेत्री रेखा शाहले डेब्यु गर्नेछिन । फिल्मको कथा मुख्य कलाकार आकाश, सलोन र रेखाको वरिपरि घुम्नेछ । भने, विकास थापा पनि कलाकारको रुपमा रहनेछन ।

सुशिले पंगेनीले लेखेको फिल्मलाई मिलन आले मगरले निर्देशन गर्नेछन् । काठमाडौँ र तराईका बिभिन्न भूभागमा खिचिने फिल्ममा सुमनकुमार तन्डुकारको छायांकन, देव महर्जनको एक्सन, बसन्त सापकोटाको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहनेछ ।

नारायण सुशील पंगेनी इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने फिल्ममा दिल लामा, राजकुमार थिङ र पारस गुरुङको लगानी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्