‘कृष्णलीला’ बन्दै पुष्प र दीपिका



‘रोल्पा रोग’, ‘पण्डित बाजेको लौरी’ र ‘कुम्भ करण’ जस्ता फिल्म निर्देशन गरिसकेका निर्देशक दीपक ओलीले नयाँ फिल्म घोषणा गरेका छन् । उनले निर्देशन गर्ने नयाँ फिल्म ‘कृष्णलीला’ हो ।

यो फिल्मको मुख्य कलाकारमा पुष्प खड्का र दीपिका प्रशाई छन् । यी दुईले पहिलो पटक स्क्रिन साझेदारी गर्न लागेका छन् । रोमान्टिक सस्पेन्स कथामा निर्माण हुन लागेको फिल्ममा बुद्धि तामाङ र रविन्द्र झाको पनि प्रमुख भूमिका रहनेछ ।

इलाम र तराईका जिल्लामा खिचिने फिल्मको छायांकन असोज १५ देखि सुरु गर्ने निर्माण पक्षको योजना छ । संचारकर्मी/निर्देशक लक्ष्मण सुवेदीले लेखेको फिल्ममा रत्न श्रेष्ठको निर्माण रहनेछ । भने, रोहित कट्टेल प्रस्तुतकर्ता रहनेछन ।

तस्विर: सम्वन्धित कलाकारको इन्स्टाग्रामबाट 

प्रतिक्रिया दिनुहोस्