‘साँझ परेपछि’ सर्जकको नयाँ गीत ‘हजारौँ रहर’ ~ भिडियो ~



‘साँझ परेपछि नि लै लै, याद आउँछ तिम्रो नि धेरै…’ बोलको गीत पक्कै पनि सुन्नु भएकै छ होला ! यदि यो गीतले तपाईको मन छोएको छ भने अर्को खुसिको खबर छ ।

यहि गीतका सर्जक अनमोल गुरुङले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘हजारौँ रहर’ बोलको गीतले तपाईको फेरि मन जित्न सक्छ । भिडियोमा उतारिएको वेस्ट बेंगल राज्यस्थित कालिम्पोङ जिल्लाको सुन्दरताले आनन्द दिन्छ ।

गीतमा कालिम्पोङका नेपाली भाषी अनमोलको शब्द, संगीत र आवाज छ । भिडियोमा अनमोल आफै फिचर्ड छन् । उनको साथमा रिया भुजेलको पनि अभिनय हेर्न सकिन्छ । प्रकृति र अधुरो प्रेम गीतले वर्णन गर्छ ।

डेनियल गदालको एरेञ्ज, रोबिन क्षेत्रीको मिक्स एण्ड मास्टर रहेको गीतको भिडियो छायांकन जोनह गुरुङले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्