दर्शकको मन जित्दै ‘चारकोठे मुटु’ ~ भिडियो ~



रंगखबर, काठमाडौँ – विन्दु परियार र निशान भट्टराईले आवाज दिएको गीत ‘चारकोठे मुटु’लाई दर्शकले रुचाएका छन् । यो गीत एक साता अगाडी सार्वजनिक गरिएको थियो ।

रुपेश तामाङको शब्द शृजना र अनिष अधिकारीको संगीत रहेको गीतलाई धेरै सकारात्मक प्रतिक्रिया प्राप्त भएका छन् ।

गीतको भिडियोमा रुपेश तामाङकै निर्देशन छ । कृष्ण परियारको कोरियोग्राफीमा बुद्धि तामाङ, सुधिर श्रेष्ठ, मोनालिसा खतिवडा, सवि डोटेल, दीपक लामा, कालु राना, राजु श्रेष्ठ, तुलशा भण्डारी, हरिकुमार श्रेष्ठ, शिव राम फिचर्ड छन् ।

ईश्वर सिन्केमानले छायांकन गरेको गीतको भिडियोमा दिर्घ खड्काको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्