रचना रिमाल र शँकर दाहालको ‘भोटे ताल्चा’ सार्वजनिक



रंगखबर, काठमाडौँ : दिपकराज पाठकको शव्दमा भोटे ताल्चा बोलको गीत युट्युबमा सार्वजनिक भएको छ । गीतमा अहिलेकी चर्चित गायिका रचना रिमाल र शँकर दाहालको आवाज रहेको गीतलाई बिपिन आचार्यले सँगीतबद्ध गरेका हुन् । गीतमा शिशिर भण्डारीका साथमा नवप्रवेशी र प्रतिभावान ६ जना मोडलहरुको एकसाथ अभिनय रहेको छ । हालको साँगीतक बजारको बिकृतिलाई पनि समेटिएको गीतमा स्मृति श्रेष्ठ, एलिशाा श्रेष्ठ, श्रद्धा गौतम, सँचिता पाँचकोटी, आकंक्षा तामाङ र सबिता रानाको पनि अभिनय रहेको छ ।

गीत हेर्नुस : 

 

 

गीतको कथावस्तु र समग्रमा गीत नै उत्कृष्ठ रहेको दर्शक, श्रोताले कमेन्ट दिएका छन् । लक्ष्मण अिधकारीको पनि अभिनय रहेको गीतलाई सुन्दर लोकेशनमा ज्ञानेन्द्र शर्मा हुमागाईले खिचेका हुन् भने गीतमा नृत्य र निर्देशन सन्तोष राजबहाकको रहेको छ । गीतलाई डिन्सन शाहले सम्पादन गरेका हुन् । कस्तो छ त शिशिरको ६ जना युवतीहरुसँगको रोमान्स, भोटे ताल्चा गीत हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्