रोहितले ‘अंगूर’को रिमेक बनाउने, दोहोरो भूमिकामा रणवीर !



रंगखबर, काठमाडौँ – सन् १९८२ को लोकप्रिय फिल्म ‘अंगूर’को पुन: रिमेक बन्ने भएको छ । यो रिमेक निर्देशक रोहित सेट्टीले बनाउदै छन् ।

स्रोतका अनुसार यो फिल्मको स्क्रिप्टको लागि रोहितले लकडाउनमा धेरै नै मिहेनत गरेका थिए । रोहितले यसबारे कुनै आधिकारिक जानकारी भने दिएका छैनन ।

भारतीय मिडियाका अनुसारले ‘अंगूर’को रिमेकमा रोहितले अभिनेता रणवीर सिंहलाई लिडमा साइन गराइसकेका छन् । उनले फिल्ममा अभिनेता संजीव कुमारको जस्तै दोहोरो भूमिका निर्वाह गर्नेछन् ।

यस्तै देवेन वर्माले निर्वाह गरेको दोहोरो भूमिकाको लागि भने कुनै कलाकार फाइनल भएका छैनन् ।

हुनत रोहितले अभिनेता शाहरुख खानलाई लिएर ‘अंगूर’को रिमेक बनाउने सोचेका थिए । तर, प्रयाप्त समय नमिलेका कारण उनले शाहरुखसँग फिल्म ‘दिलवाले’ बनाएका थिए ।

गुल्जार निर्देशित कमेडी ड्रामा ‘अंगूर’ सन् १९६३ को सफल फिल्म ‘दो दूनी चार’को रिमेक थियो । गुल्जारले नै बंगाली फिल्म ‘भ्रान्तिविलास’को रिमेक स्वरुप ‘दो दूनी चार’को स्क्रिप्ट तयार गरेका थिए ।

‘दो दूनी चार’ र ‘भ्रान्तिविलास’ दुवै फिल्म साहित्यकार विलियम सेक्सपियरको नाटक ‘द कमेडी अफ इरर्स’मा आधारित भएर निर्माण गरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्