एक हप्ता पछि सर्यो ‘तिम्रो ल्यांग ल्यांग २’



रंगखबर, काठमाडौँ : यहि कार्तिक ३ गतेबाट प्रशारण हुने भनिएको वेव सिरिज ‘तिम्रो ल्यांग ल्यांग २’ एक हप्ता पछि सरेको छ । सिरिजका निर्माण टिमले दिएको जानकारी अनुसार प्राविधिक कारणले गर्दा सिरिज एक हप्ता पछि सारिएको हो । अब भने सो सिरिज आउँदो १० गते अर्थात् विजया दशमीको अवसर पारेर सार्वजनिक हुनेछ ।

ट्रेलर हेर्नुस :

 

सुमन चित्रकार श्रेष्ठ, एरिना गुरुङ, सिरन बज्राचार्य, सपना तामाङ्ग, सुरेन्द्र मानन्धर, निश्चल जंग थापा, क्रिरण स्याङ्गतान आदि कलाकारहरुको अभिनय रहन उक्त सिरिजलाई सुजन मानन्धरले निर्देशन गरेका हुन्। सिरिज हिमालयन टेलिभिजनमा हरेक सोमबार ८ बजेर ३० मिनेटमा र ह्याप्पी रेकर्ड्स नेपालको युटुब च्यानलमा प्रशारण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्