‘मास्टर’ले कमायो चार दिनमै सय करोड



रंगखबर, काठमाडौँ – तामिल फिल्म ‘मास्टर’ले विश्वव्यापी रुपमा सय करोड माथिको व्यापार गर्न सफल भएको छ । कोरोना महामारीका बीच ५० प्रतिशत अकुपेन्सीमा प्रदर्शन भइरहेको फिल्मको व्यापारलाई ट्रेडले बम्पर भनेका छन् ।

विजय र विजय सेतुपति स्टारर चलचित्रले प्रदर्शनको चौथों दिनसम्म विश्वव्यापी १ सय २२ करोड माथिको व्यापार गरिसकेको छ । जसमा घरेलु बक्सअफिसको ८१.९० करोड (६७.०७ प्रतिशत) योगदान छ । भने, ओभरसिजबाट ४०.२० करोड (३२.९२ प्रतिशत) कलेक्सन गर्न सफल भएको छ ।

घरेलु बक्सअफिसमा फिल्मले सबैभन्दा धेरै व्यापार तामिल भर्सनमा गरेको छ । तामिलमा ७३.२५ करोड कलेक्सन गर्दा हिन्दी भर्सनबाट जम्मा १.१० करोड ग्रस कलेक्सन छ ।

लोकेश कनागाराज निर्देशित एक्सन थ्रिलर फिल्ममा मलाविका मोहनन, अर्जुन दास, सन्तानु भाग्यराजलगायतका कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्