महिला हिँसाको कथामा ‘न्याय मरेको देश’ ~ भिडियो ~



रंगखबर, काठमाडौँ – बलात्कार, एसिड अट्याक र छाउपडी प्रथाको कथालाई समेटिएको गीत ‘न्याय मरेको देश’ सार्वजनिक भएको छ ।

शान्ति श्री परियारको आवाज रहेको गीत मार्मिक बनेको छ । बिना श्रेष्ठको निर्देशनमा तयार म्युजिक भिडियो समेत राम्रो बनेको छ ।

बलात्कार, एसिड अट्याक र छाउपडी प्रथाले आकालमा ज्यान गुमाएका ३ महिला पात्रलाई भिडियोमा प्रस्तुत गरिएको छ । गीतको भिडियोमा लक्ष्मी वर्देवा, शाक्षी लम्साल, बसु शाही, अनिता पौडेल, सुशील पोखरेल, दिनेश मुस्कान, पुजन घिमिरेले अभिनय गरेका छन् ।

राजेश पौडेलको शब्द रचनामा दिनेश मुस्कानले संगीत भरेका छन् । उत्तम हुमागाईंले खिचेको म्युजिक भिडियोलाई अनिल कुमार महर्जनले सम्पादन गरेका छन् । यो गीतमा रक्ष्मी शाक्यले लगानी गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्