सफलताको केक काटिएको ‘सुनकेसरी’लाई ऋचाले भनिन ‘सुपरफ्लप’



रंगखबर, काठमाडौँ – रिलिज भएको पाँच दिनमै सफलताको केक काटेको फिल्म ‘सुनकेसरी’लाई अभिनेत्री ऋचा शर्माले डिजास्टर (सुपरफ्लप) भनेकी छन् ।

ऋचालाई सफलताको केट खुवाउदै अर्पण र फ्यानको प्रश्नमा ऋचाको उत्तर

उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा फ्यानको जवाफ दिने क्रम ‘सुनकेसरी’ डिजास्टर भएको बताएकी हुन् ।

के तपाईलाई लाग्छ, ‘सुनकेसरी’ले हरर जनरालाई न्याय गर्छ ? भन्ने फ्यानको प्रश्नमा उनले जवाफ दिएकी छन्, ‘होइन, हैन । यो भिन्न फिल्म हुन् सक्थ्यो । हरर जनराको गेम चेन्जर । तर, डिजास्टर भयो ।’

अर्पण थापाले निर्देशन गरेको ‘सुनकेसरी’ साढे २ वर्ष अगाडी प्रदर्शनमा आएको थियो । सुरुवाती सन्तोषजनक व्यापार गरेपनि खराब समिक्षाको कारण फिल्म लामो समय बक्सअफिसमा टिक्न सकेन ।

बरु, फिल्म रिलिज भएको हप्ता दिन नपुग्दै निर्माण पक्षले सफलताको केक काटेको थियो । साथै, फिल्म सफल भएको भन्दै ऋचा र अर्पणले २०२० मा रिलिज गर्ने योजनासहित यसको सिक्वेल पनि घोषणा गरेका थिए ।

ऋचा अहिले नयाँ फिल्मको छायांकनमा जुटिसकेकी छन् । तर, ‘सुनकेसरी २’ बन्ने कुनै सुरसार छैन । उता पछिल्लो समय अर्पण र ऋचाको सम्बन्धमा दरार आएको खबरपनि बाहिरिएका छन् ।

कतै सम्बन्ध बिग्रेकै कारण ऋचाले ‘सुनकेसरी’को बक्सअफिस रिपोर्टबारे सत्यता खुलाइदिएकी त होइनन् ? प्रश्न स्वभाविक छ ।

प्रतिक्रिया दिनुहोस्