गायक पुरुषोत्तमको ‘रोगै पिरतीको’ ~ भिडियो ~



रंगखबर, काठमाडौँ – गायक पुरुषोत्तम गैरेले नयाँ लोक गीत ‘रोगै पिरतीको’ सार्वजनिक गरेका छन् । रोमान्टिक गीतमा उनलाई आवाज तर्फ पदमा बस्यालले साथ दिएकी छन् ।

पुरुषोत्तमकै संगीत रहेको गीतमा बिमल पौडेलको शब्द रचना छ । भने, कृष्ण विकले एरेञ्जको काम गरेका छन् ।

काजिस श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा अर्जुन गौतम, प्रमिशा बस्याल र अर्जुन न्यौपाने फिचर्ड छन् । 

राजेश घिमिरेले खिचेको गीतको भिडियो दीपक बिष्टले सम्पादन गरेका हुन् । यो गीतलाई सुलभ म्युजिकले निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्