एलिजाले साइन गरिन दोस्रो फिल्म, गौरवसँग जोडी बाँधिने



रंगखबर, काठमाडौँ – कलाकारद्वय गौरव पहारी र एलिजा गौतमलाई अब एउटै पर्दामा देख्न पाइने भएको छ । यी दुई कलाकारलाई लिड लिएर निर्देशक दीपक श्रेष्ठले फिल्म ‘घिन्ताङ’ निर्माण गर्ने भएका हुन् ।

एलिजाले यो फिल्म केहि साता अगाडी नै साइन गरेकी थिइन् । अब फिल्मको लिड रोलमा गौरव पनि फाइनल भएका छन् । एलिजा र गौरवले पहिलो पटक पर्दामा स्क्रिन शेयर गर्न लागेका हुन् ।

‘अनुराग’बाट डेब्यु गरेकी एलिजाको यो दोस्रो फिल्म हुनेछ । पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त रहेकी एलिजाले केहि समयको अन्तरालपछि फिल्म गर्न लागेकी हुन् ।

सामाजिक कथामा निर्माण हुने भनिएको फिल्मको वर्किङ टाइटल ‘घिन्ताङ’ हो ।

यो फिल्म यसअघि अभिनेता विपिन कार्कीलाई अफर गरिएको थियो । तर, विपिनले समय दिन नसक्ने भएपछि गौरवलाई फाइनल गरिएको हो । 

निर्देशक श्रेष्ठले भाई, तकदिर, पापी मान्छे, पर्खि बसेँ, सुर्य चन्द्र, वचन, हिम्मत, वीरलगायतका सफल फिल्म निर्देशन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्