राखीले पाइन्टमा पिसाब फेरेको दृश्यले ‘बिग बोस १४’ विवादमा



रंगखबर, काठमाडौँ – कलाकार राखी सावन्तले प्रशारणरत टिभी शो ‘बिग बोस १४’मा एक टास्कको दौरान पाइन्टमा पिसाब फेरेकी थिइन् ।

राखीको उक्त भिडियो फुटेज राष्ट्रिय टेलिभिजन कलर्सबाट प्रशारण भएपछि ‘बिग बोस’ विवादमा तानिएको छ । उक्त फुटेज सम्पादन गर्ने ठाउँ हुँदाहुँदै पनि कैची नचलाएपछि ‘बिग बोस’को नियतमाथि प्रश्न चिन्ह खडा भएको हो ।

प्रशंसकहरुले राखीको उक्त फुटेज प्रशारण गरेकोप्रति असन्तुष्टि व्यक्त गरिरहेका छन् । ‘बिग बोस’ले टिआरपीको लागि उक्त हर्कत गरेको आरोप लागेको छ ।

टास्कको दौरान राखीले सम्हाल्न सकिनन् आफुलाई 

केहि दिन अगाडीको एक टास्कमा ‘बिग बोस’का प्रतिस्पर्धीहरुलाई दुई समुहमा बिभाजन गरिएको थियो । जहाँ एक समुहलाई किचेन र अर्को समुहलाई ट्वाइलेटको जिम्मा दिइएको थियो ।

राखी किचेन समुहमा थिइन् । त्यहि समयमा राखीलाई अर्सी खानले ट्वाइलेट जान दिन्नन । राखी आफुलाई सम्हाल्न सक्दिनन् र पाइन्टमै पिसाब फेरिदिन्छिन । यो दृश्य राष्ट्रिय टेलिभिजनमा देखाइन्छ ।

प्रशारित उक्त दृश्यलाई लिएर ‘बिग बोस’की ‘एक्स कन्टेस्टटेन्ट’ सोफिया हायातले पनि अप्पत्ति जनाएकी छन् ।

‘बिग बोस’ले राष्ट्रिय टेलिभिजनमा त्यस्तो खालको दृश्यमा कैची चलाउनु पर्ने उनले भनेकी छन्, ‘मलाई लाग्छ ‘बिग बोस’ तथा मेकर्सले उक्त दृश्य हटाउन सक्थ्ये । यो कुनै पनि महिलाको लागि बेइजत्ति हो । पाइन्टमा पिसाब फेरेको दृश्य कसरी प्रशारण गर्न सक्छन ? उनले आफुलाई ‘बिग बोस’ले निरास बनाएको भन्दै आपत्ति जनाइन ।

प्रतिक्रिया दिनुहोस्