वरुण र नताशाले कसे लगनगाँठो



रंगखबर, काठमाडौँ – बलिउड अभिनेता वरुण धवन वैवाहिक जीवनमा बाँधिएका छन् । उनले प्रेमिका नताशा दलालसँग आइतबार विवाह गरेका हुन् ।

वरुण र नताशा बाल्यकालदेखिका साथि हुन् । तर, पछिल्लो केहि वर्षदेखि प्रेममा रमाइरहेका थिए । यी दुईको विवाह महाराष्ट्रको अलिबागमा अवस्थित ‘मेन्सन हाउस’ नामक रिसोर्टमा सम्पन्न भएको हो ।

विवाहपछि वरुणले इन्स्टाग्राममा तस्विर शेयर गर्दै लेख्छन, ‘जीवन लामो छ । प्रेम भर्खर आधिकारिक बन्यो ।’ तस्विरमा वरुण र नताशा निक्कै खुसि देखिएका छन् ।

३१ वर्षिया नताशा फेसन डिजाइनर हुन् । उनले थुप्रै बलिउड सेलेब्रेटीको लागि ड्रेस डिजाइन गरिसकेकी छन् । 

सन् २०१२ मा फिल्म ‘स्टुडेन्ट अफ दि इयर’बाट बलिउड डेब्यु गरेका वरुणले छोटो समय मै सफलता पाइसकेका छन् । उनि विशेष गरि व्यवसायिक फिल्ममा देखिने गरेका छन् । उनको पछिल्लो फिल्म ‘कूली नम्बर १’ अमेजन प्राइम भिडियोबाट रिलिज भएको थियो ।

प्रतिक्रिया दिनुहोस्