बिकिनीमा साराको नवाबी अन्दाज ~ फोटो फिचर ~



रंगखबर, काठमाडौँ – टापु देश माल्दिभ्स छुट्टी मनाउन र घुम्नको लागि पर्यटकहरुको पहिलो रोजाइमा पर्ने गर्छ । बलिउडकर्मीहरुका लागि त माल्दिभ्स अझ लोकप्रिय मानिन्छ ।

भारतबाट कम दुरीमै पर्ने पर्यटकीय देश माल्दिभ्स बलिउडका लागि नजिक छ । यहाँ हरेक बलिउडकर्मी आफ्नो छुट्टी मनाउन चाहन्छन ।

यस्तैमा अभिनेत्री सारा अलि खानले माल्दिभ्समा छुट्टी मनाएकी छन् । उनले माल्दिभ्समा बिताएका पलहरु इन्स्टाग्राममा शेयर गरेकी छन् । 

प्रिन्टेड बिकिनीमा उनी मस्ती मूडमा देखिएकी छन् । उनको नवाबी अन्दाज मनै लोभ्याउने छ । 

२५ वर्षिया यी सुन्दरीले सन् २०१८ मा फिल्म ‘केदारनाथ’बाट बलिउड डेब्यु गरेकी थिइन् । त्यसताका आफ्नो इन्स्टाग्राम अकाउन्ट खोलेकी साराले छोटो समयमै दर्शकको ध्यान केन्द्रित गर्न सफल भइसकेकी छन् ।

भर्खरै मात्र उनलाई इन्स्टाग्राममा पच्छ्याउनेको संख्या ३ करोड नाघेको छ । पछिल्लो पटक फिल्म ‘कूली नम्बर १’मा अभिनेता वरुण धवनको जोडी बनेर देखा परेकी साराले ‘अतरंगी रे’मा अक्षय कुमार धनुषसँग स्क्रिन साझेदारी गर्दैछिन ।

प्रतिक्रिया दिनुहोस्