युट्युब सार्वजनिक भयो फिल्म ‘कसिङ्गर’



रंगखबर, काठमाडौँ – अभिनेत्री रेजिना उप्रेती स्टारर फिल्म ‘कसिङ्गर’ युट्युबमा सार्वजनिक भएको छ । राजवीर पटेल निर्देशित फिल्म रेड बर्ड प्रोडक्सनको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

सामाजिक कथाबस्तुमा आधारित फिल्ममा रेजिनाका अलावा राजवीर पटेल, ओम क्षेत्री, सुशील पोखरेल, रामचन्द्र अधिकारी, सुरवीर पण्डित, सुवास नेपाली, कृपा वली, सम्झना पुन, सम्झना श्रीपाइली, समिक्षा बुर्लाकोटी, राजन भुजेल, विष्णु कार्की, कृष्ण स्याङटाङ, एब बिसी पुन, डिल पुनलगायतको अभिनय छ ।

निर्देशक राजवीरकै कथा र पटकथा रहेको फिल्ममा सम्राट सापकोटाको द्वन्द्व, दीपक अधिकारी/विक्रम चौहानको कोरियोग्राफी, हरिनारायण चौधरीको छायांकन र राजन पटेलको सम्पादन छ ।

राजवीर पटेल प्रस्तुतकर्ता रहेको फिल्ममा जगत पटेलको कार्यकारी निर्माण र भिमराज पटेलको सहनिर्माण छ ।

प्रतिक्रिया दिनुहोस्