रिहानालाई कंगनाको जवाफ, ‘आफ्नै देश बेच्ने तिमि जस्तो मुर्ख छैनौँ’



रंगखबर, काठमाडौँ – भारतमा किसान कानुनको विरोधमा किसानहरुले आन्दोलन गर्न लागेको २ महिना बढी भइसकेको ।

एकतर्फ किसानहरु आफ्नो मागमा पछाडी हट्न तयार छैनन् । भने, अर्को तर्फ २ महिना लामो आन्दोलन हुँदा पनि सरकारले कानमा तेल हालेर बसिरहेको छ ।

यस आन्दोलनलाई लिएर विभिन्न क्षेत्रका व्यक्तित्वहरुले आफ्नो आवाज उठाइरहेका छन् । यस्तैमा किसान आन्दोलनको विषयमा इन्टरनेसनल पप गायिका तथा मोडल रिहानाले आवाज उठाएकी छन् ।

किसान आन्दोलनको न्युज लिंक शेयर गर्दै रिहाना ट्वीटरमा लेख्छिन, ‘हामि किन यस विषयमा  बोलिरहेका छैनौँ ?’

उनको यो ट्वीटपछि बलिउड अभिनेत्री कंगना रनाउत रिहानाको आवाजमा प्रतिक्रिया दिएकी छन् । ‘यो विषयमा कोहि बोलिरहेका छैनन्, किनकि ति आन्दोलनकारीहरु किसान होइनन् । आतंकवादी हुन्, जो भारतलाई टुक्र्याउन चाहन्छन ।’

कंगनाले अगाडी लेख्छिन, ‘ताकि चिन जस्तो देशले भारतमा कब्जा जमाओस र अमेरिका जस्तो चाइनिज कोलोनी बनाउन सकूँन । तिमि शान्त बस मुर्ख । हामि तिमि जस्तो मुर्ख छैनौँ, जो आफ्नै देश बेच्छौ ।’

रिहानाको उक्त ट्वीटमा कंगनाले आक्रोस व्यक्त गरेपनि दिलजित दोसान्झ, स्वरा भास्कर, ऋचा चड्डालगायतका कलाकारहरु सपोर्टमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्