सौगात पनि निर्माणमा, सुवर्णसँग मिलेर ‘राधा’ बनाउने



रंगखबर, काठमाडौँ – अभिनेता सौगात मल्ल पनि अब फिल्म निर्माणमा अगाडी सरेका छन् । उनले निर्देशक सुवर्ण थापासँग मिलेर फिल्म ‘दि सिक्रेट्स अफ: राधा’ निर्माण गर्न लागेका हुन् ।

माघ अन्तिम सातादेखि छायांकनमा जाने फिल्ममा निर्माणमा सौगात संलग्न भएको निर्देशक थापाले जानकारी दिए ।

यो फिल्म सौगातको आदियोगी भिजन र सुवर्णको व्यानरमा निर्माण हुनेछ । कथा नखुलाएको फिल्मको अहिले धमाधम वर्कशप चलिरहेको छ । 

फिल्ममा सौगातका अलावा निश्चल बस्नेत, दयाहाङ राई र खगेन्द्र लामिछानेलगायतको अभिनय रहने चर्चा छ । तर, निर्माण पक्षले यस विषयमा बोलि फुटाएको छैन ।

निर्देशक सुवर्णले यसअघि ‘फन्को’, ‘सुनगाभा’, र ‘बाटो मुनिको फुल २’ निर्देशन गरिसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्