‘चुरीफुरी’बाट डेब्यु गर्दै अभिषेक, पूजासँग गर्नेछन् रोमान्स



रंगखबर, काठमाडौँ – अभिनेता अनमोल केसीको डुप्लिकेट भनेर चर्चामा आएका अभिषेक श्रेष्ठले अब फिल्ममा डेब्यु गर्ने भएका छन् ।

उनले निर्देशक ऋषिराज आचार्यको फिल्म ‘चुरीफुरी’बाट डेब्यु गर्न लागेका हुन् । पुष महिनामा गुपचुपमा छायांकनमा उत्रिएको फिल्मबारे अहिले आएर जानकारी दिइएको हो ।

अभिषेकले यसअघि केहि म्युजिक भिडियोमा मोडलिङ गरिसकेका छन् ।

निर्देशक आचार्यकै लेखन र निर्माणसमेत रहेको फिल्मबाट पूजा पन्त, सोना बज्रचार्य, रिन्जिन गुरुङ, राजीवजंग बस्नेतले पनि डेब्यु गर्दैछन् । फिल्ममा अभिषेक र पूजाले जोडी बाँध्नेछन् ।

समसामयिक विषयको कमेडी फिल्ममा रविन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी), सुरवीर पण्डितलगायतका कलाकारहरुको अभिनय छ ।

राहुल राईले खिचेको फिल्ममा दीपक शर्माको संगीत, भीमफेदी गाइजको कोरियोग्राफी र नविन निरौलाको सम्पादन छ ।

आरबि मुभीजको ब्यानरमा निर्देशक आचार्य स्वयम् र रिना ढकाल निर्माता रहेको फिल्मको सहनिर्मातामा बिमला भुसाल,राजेन्द्र खाती र शिब थापा छन् ।

प्रतिक्रिया दिनुहोस्